प्रतियोगिताको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने
पोखरा ।
पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० प्रतियोगिता हुने भएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई खेलकुदमा प्रोत्साहन तथा विकास र प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ अपांगताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका साथी सेवाले यही फागुन २० र २१ गते दुई दिने प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा १५ टोलीको सहभागिता रहने छ ।
संस्थाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो वार्षिक स्मृतिमा आयोजित ह्वीलचियर बास्केटबल प्रतियोगितामा आर्मीको टिम र सशस्त्र प्रहरीकोे टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम, महिला टिम ६ गरि १५ समुहले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक विजेता अधिकारीले जानकारी दिइन् ।
उक्त प्रतियोगितामा महिला तथा पुरुष ६ समुहबाट प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार ५ हजारसहित वेस्ट च्याम्पियन स्कलर सम्पूर्ण विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ ।
संस्थाका अध्यक्ष कोष विलास अधिकारीले आफू स्वयं अपांगता भएका व्यक्ति भएकोले अपांगता भएका व्यक्तिहरु अरु व्यक्तिहरु खेल्न सक्छन् भन्ने सन्देश दिन समेत प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताको पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ ।
प्रकाशित मिति २०८० फागुन १६ गते बुधबार १०:३२




