२०८३ साउन २१ गते बिहीबार

पोखरामा पर्यटक र यात्रुलाई हैरान बनाउने ९ जना पक्राउ

पोखरामा पर्यटक र यात्रुलाई हैरान बनाउने ९ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १६ गते बुधबार ०७:११

पक्राउ परेका ९ जनालाई नै सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ ।

पोखरा
पोखरामा पर्यटकलाई हैरान बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पोखराको पृथ्वीचोक, मुस्ताङ चोकमा यात्रु र पर्यटकलाई दुख दिनेलाई प्रहरीले पक्राउ गरेकोे हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने ४० वर्षीय रुपेन्द्र श्रेष्ठ, ३२ वर्षीय मोहन आचार्य, नागढुंगा बस्ने ४० वर्षीय नारायण अधिकारी, ४४ वर्षीय श्यामप्रसाद शर्मा रहेका छन् ।

बसपार्क बस्ने २५ वर्षीय विकास कुँवर, पृथ्वीचोकका २१ वर्षीय विमल ठकुरी, विकास श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पोखरा–१३ पाटनबेसी बस्ने २८ वर्षीय रञ्जन खड्का र पोखरा–१७ ड्यामसाइड बस्ने १९ वर्षीय सविन नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पर्यटकलाई सवारीबाट जबरजस्ती ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनेर झोला तान्दै पैसाको बार्गेनिङ गरेकाले पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका ९ जनालाई नै सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति २०८० फागुन १६ गते बुधबार ०७:११

हजुरको प्रतिक्रिया