२०८३ साउन २१ गते बिहीबार

साफ यू–१६ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै

साफ यू–१६ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १८ गते शुक्रबार १०:०५

यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि यू–१६ उमेर समूहमा खेलाउन लागिएको हो ।

नेपालले पहिलो खेलमा शनिबार बंगलादेशसंग खेल्ने

पोखरा ।

साफ यू–१६ महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदैछ ।

यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि यू–१६ उमेर समूहमा खेलाउन लागिएको हो ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटानबीच प्रतिश्पर्धा हुँदैछ ।

सिंगल राउण्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन् ।

लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।

प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि हुनेछन् ।

नेपालले पहिलो खेलमा शनिबार बंगलादेशसंग खेल्ने छ ।

प्रतियोगिता अघिको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै नेपाली अन्डर–सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरे ।

नेपाल प्रतियोगिताको साबिक विजेतासमेत हो । सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो ।

फाइनल खेल फागुन २७ गते हुनेछ ।

प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार १०:०५
हजुरको प्रतिक्रिया