पोखरा ।
त्रिदेशीय टी–२० क्रिकेट शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
त्रिदेशीय शृंखलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।
नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।
यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
हिजोको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको थियो ।
बुधबारको खेलमा नेपाल नेदरल्यान्ड्सँग दुई रनले हारेको थियो ।
नेदरल्यान्ड्स २ खेलमा ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
नामिबिया २ अंकसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।
शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।
प्रकाशित मिति २०८० फागुन १८ गते शुक्रबार १०:१५