२०८३ साउन २१ गते बिहीबार

हरेक जिल्लाबाट लगानीको वातावरण बन्दैछः अध्यक्ष ढकाल

हरेक जिल्लाबाट लगानीको वातावरण बन्दैछः अध्यक्ष ढकाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २० गते आइतबार १०:३०

म्याग्दी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाषणले मात्रै लगानी र रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । शनिबार म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीको साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेश...

म्याग्दी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाषणले मात्रै लगानी र रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् ।

शनिबार म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीको साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेश पलायन रोक्न ठोस योजना बनाउने र स्वदेशमै रोजगारीको वातावरण बनाउने भन्दै भाषण मात्रै गर्ने गरिएको बताएका हुन् ।

वैदेशिक लगानी आउन सक्ने सम्भावना रहेका देशहरूसँगको लगानी प्रोत्साहन गर्ने, लगानी भित्रिएपछि तीनै तहको सरकारले सहयोग गर्ने, लगानी गरिने क्षेत्रमा अवरोध नगर्ने, आवश्यक ऐन कानूनहरु सच्याउनुपर्ने बताए ।

उनले समृद्ध नेपाल बनाउने अभियानमा निजी क्षेत्रको प्रयासमा विभिन्न देशमा लगानी सम्मेलन गरिएको बताए ।

उनले निजी क्षेत्र लगानी गर्न आउँदा सुरूवातमा लगानीकर्तालाई सहज र प्रोत्साहन गर्नुपर्ने बताए ।

उनले हरेक जिल्लाबाट सानो–सानो लगानी संकलन गरी परियोजनाहरूमा लगानी गर्न सकिने बताए । उनले निजी क्षेत्रसँग भएका प्रोजेक्टहरू पूर्वाधार,जलविद्युत लगायतका प्रोजेक्टहरूमा लगानीको वातावरण रहेको बताए ।

कोरोनाकालको असर, आर्थिक मन्दीका कारण मुलुकको अर्थतन्त्रमा केही समस्या भएपनि निजी क्षेत्रले निरास सन्देश प्रवाह गर्न नहुने बताए । उनले एकबर्षमा अरवौंको परियोजनाहरू सम्पन्न गर्न सकिने बताए ।

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा केन्द्रित भएको बताए ।

केही वर्ष यता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्ण रुपमा संचालन हुन नसकेको अवस्थाका बारेमा तीनै तहका सरकारसँग निरन्तर संवादमा रहेको बताए ।

उनले कामको खोजीमा रहेका यूवाहरु र काम गर्ने जनशक्ति खोजीरहेका उद्योग व्यवसाय कम्पनीहरुलाई प्रोत्साहन गर्ने गरी बैंकको ब्याजदर घटाउने देखि लगानीमैत्री वातावरण बनाइरहेको बताए ।

व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन राज्यका निकायहरुले अनावश्यक झमेला निकाल्न नहुने सुझाव समेत दिए ।

म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।

 

 

प्रकाशित मिति २०८० फागुन २० गते आइतबार १०:३०
हजुरको प्रतिक्रिया