२०८३ साउन २१ गते बिहीबार

शारीरिक रुपमा अपांगता भएकाले निरुत्साहित हुनु हुँदैनः मुख्यमन्त्री पाण्डे

शारीरिक रुपमा अपांगता भएकाले निरुत्साहित हुनु हुँदैनः मुख्यमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २० गते आइतबार ०६:१४

आइतबारदेखि सुरु भएको राष्ट्रिय विकासशिल्ड ह्विलचियर प्रतियोगितामा २ विभागीयसहित १५ टोली सहभागी छन् ।

विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियाेगिता सुरु

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डले शारीरिक रुपमा अपांगता भएका व्यक्तिले पनि आत्मबल र आत्मविश्वासले सफलता हासिल गर्न सक्ने बताएका छन् ।

पोखरामा आइतबारदेखि सुरु भएको विकास शिल्ड ह्विलचियर प्रतियोगितालाई उद्घाटन गर्दै उनले खेलाडीबाट अरु युवाले पनि सिक्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सुन्दर ढोका साथी सेवाबाट प्रेरणा लिन सकिने बताए । नेपालका युवा केही गर्न सकिँदैन भनेर निरुत्साहित भएर हिँडिरहेको अवस्थामा ह्विलचियर बास्केटबल प्रतियोगितामा सहभागी खेलाडीबाट सिक्नुपर्ने बताए ।

‘मनमा साहस र सकारात्मक सोच छ भने जे पनि गर्न सकिँदो रैछ भन्ने यो टुर्नामेन्टले पनि हामीलाई सिकाउँछ’, उनले भने ।

कार्यक्रममा सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता लुइँटेल अधिकारीले अपांगता खेलकुद र खेलाडीलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ संस्थाको विकास भएको बताइन् ।

‘हाम्रा खेलाडीहरु मेनस्ट्रिमका खेलाडीभन्दा कम हुनुहुन्न । तर, सधैं ओझेलमा पर्नुहुन्छ,’ उनले भनिन्, ‘मानिसहरुको छायाँमा पर्नुभएको कारणले सधैं पछाडि परिरहेको सबैलाई अवगत छ । अब विकाश शिल्डले छायाँमा परेका खेलाडीलाई अगाडि ल्याउँछ ।’

गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रदेश सरकारले पनि खेलकुदलाई प्राथकिताका साथ अगाडि बढाइरहेको बताए ।

आजदेखि सुरु भएको राष्ट्रिय विकासशिल्ड ह्विलचियर प्रतियोगितामा २ विभागीयसहित १५ टोली सहभागी छन् ।

प्रतियोगिताम ६ वटा महिला टिम र ९ वटा पुरुष सहभागी छन् । प्रतियोगिता रंगशालास्थित बास्केटबल कोर्ट र रामघाट पुन समाजको कोर्टमा भइरहेको छ । खेल सोमबार सकिनेछ ।

प्रकाशित मिति २०८० फागुन २० गते आइतबार ०६:१४
हजुरको प्रतिक्रिया