२०८३ असोज २३ गते शुक्रबार

आज पोखरामा ‘महाकमेडी विथ महाजात्रा’

आज पोखरामा ‘महाकमेडी विथ महाजात्रा’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २१ गते सोमबार ०८:३५

महाजात्राका कलाकारहरु हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायत पोखराको सभागृहमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

पोखरा

पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएकोे छ । प्रदर्शनको संघारमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गर्न लागेको हो ।

फिल्मको प्रचारप्रसार र हास्यव्यंग कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले बताए । ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी काठमाडौं बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाउनुभएको थियो । त्यसैलाई मध्यनजर गरेर यो कार्यक्रम गर्दैछौं’, उनले भने ।

महाजात्राका कलाकारहरु हरिवंश आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायत पोखराको सभागृहमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।

निर्माणको तयारीमा रहेको कार्यक्रममा ‘कमेडी नाइट विथ च्याम्यिन’ का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ ।

टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फम्र्याटमा सो हुने निर्देशक भण्डारीले बताए । ‘महाजात्राको कुराकानीसँगै कलाकारको रोस्ट रहनेछ’, उनले सुनाए ।

‘महाकमेडी विथ महाजात्रा’ पोखराबाट सुरु भएर देशका प्रमुख शहरमा पुग्नेछ । फागुन २२ गते बुटवल, २५ गते धनगढीमा कार्यक्रम हुनेछ । फागुन ३० गते विर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ ।

प्रकाशित मिति २०८० फागुन २१ गते सोमबार ०८:३५

हजुरको प्रतिक्रिया