२०८३ असोज २३ गते शुक्रबार

चाैतर्फी दवावपछि अध्यादेश फिर्ता लिन ओली सहमत

चाैतर्फी दवावपछि अध्यादेश फिर्ता लिन ओली सहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १ गते बुधबार ०४:२०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । यसअघि सत्तारूढ...

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

यसअघि सत्तारूढ दल नेकपा तथा अन्य राजनीतिक दलबाट समेत अध्यादेशकाे विराेध भएकाे थियाे ।

यता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियाे । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट विदेक अर्यालको दाबी छ ।

प्रकाशित मिति २०७७ पुस १ गते बुधबार ०४:२०
हजुरको प्रतिक्रिया