२०८३ साउन २१ गते बिहीबार

घरेलु मैदानमा उपाधि चुम्न चुक्याे नेपाल

घरेलु मैदानमा उपाधि चुम्न चुक्याे नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २२ गते मंगलबार ०३:०९

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेदरल्याण्ड्सँग ४ विकेटले पराजित

टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेपाल पराजित भएको छ ।

नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेर ३ बल बाँकी छँदै नेदरल्यान्ड्सले ४ विकेटकाे जित पक्का गरेकाे हाे ।  जीतसँगै नेदरल्याण्ड् टी–२० आई त्रिकोणात्मक सिरिजकाे उपाधि जित्न सफल भएको छ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । भान डेर गुटेनले २१ रन जाेडे ।

कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

प्रकाशित मिति २०८० फागुन २२ गते मंगलबार ०३:०९
हजुरको प्रतिक्रिया