२०८३ साउन २१ गते बिहीबार

साफ च्याम्पियनशिपमा : फाइनल प्रवेशका लागि आज नेपालले भारतसँग खेल्दै

साफ च्याम्पियनशिपमा : फाइनल प्रवेशका लागि आज नेपालले भारतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २४ गते बिहीबार ०९:४८

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।

 

पोेखरा ।

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ ।

खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।

बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ ।

३ अंक भएको भारत दोस्रो स्थानमा र समान अंक भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

दुवै खेल हारेको भुटान अंकविहीन हुँदै बाहिरिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी आइतवार हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् ।

 

प्रकाशित मिति २०८० फागुन २४ गते बिहीबार ०९:४८
हजुरको प्रतिक्रिया