२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा ओलम्पियनलाई मासिक भत्ता दिइयाे

गण्डकीमा ओलम्पियनलाई मासिक भत्ता दिइयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २४ गते बिहीबार ०५:१६

मासिक भत्ता पाउने ओलम्पियनमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम रहेका छन् ।

पाेखरा
गण्डकी प्रदेशका ओलम्पियनलाई मासिक भत्ता प्रदान गरिएको छ । ओलम्पियनलाई गण्डकी प्रदेश सरकारले सम्मानसहित मासिक भत्ता दिएको हो ।
मासिक ५ हजार रुपैयाँ (वार्षिक ६० हजार रुपैयाँ) सहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरे ।

मासिक भत्ता पाउने ओलम्पियनमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम रहेका छन् ।

ओलम्पियनलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबीचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सधैं रहनुपर्ने बताए ।

यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यसवर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका ५९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका १ सय खेलाडीको स्वास्थ्य बिमा गरिदिएको छ ।

प्रकाशित मिति २०८० फागुन २४ गते बिहीबार ०५:१६
हजुरको प्रतिक्रिया