२०८३ साउन २१ गते बिहीबार

कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्डको कामले पायो तीव्रता

कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्डको कामले पायो तीव्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २६ गते शनिबार १०:०२

डम्मर बुढा मगर । बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । बागलुङ...

डम्मर बुढा मगर ।

बागलुङ ।

राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि काम भइरहेको छ ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जाली भर्ने लगायतको काम भइरहेको हो ।

दुईवटा खण्डमध्ये बलेवा हर्मिचौर खण्डमा तीव्र गतिमा काम भइरहेको छ । बलेवा मालढुङ्गा खण्डमा कामको गति सुस्त छ ।

बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भने जस्तो गरी काममा तीव्रता दिन नसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ ।

१० किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोड रुपैयाँमा ठेक्का लागेको हो ।

सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरी सक्नुपर्नेछ ।

बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ ।

तीन अर्ब ३० करोड रुपैयाँ लागतमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

कालिका कन्स्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व ३० करोड भुक्तानी गर्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति २०८० फागुन २६ गते शनिबार १०:०२
हजुरको प्रतिक्रिया