२०८३ साउन २१ गते बिहीबार

नेपालले आज हङकङसंग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज हङकङसंग मैत्रीपूर्ण खेल खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २६ गते शनिबार १०:११

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि नेपालले यो खेल खेल्न लागेको हो ।

 

पोखरा ।

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे हङकङमा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि नेपालले यो खेल खेल्न लागेको हो ।

नेपाल युवा टोलीको साथ हङकङ गएको छ जसमामा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेखलगायत खेलाडी समावेश छैनन् ।

नेपाल र हङकङबीच हालसम्म ७ टी–२० आई खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

गत अक्टोबरमा मुलपानी मैदानमा नेपालले दुवै खेलमा हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो ।

त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

प्रकाशित मिति २०८० फागुन २६ गते शनिबार १०:११
हजुरको प्रतिक्रिया