२०८३ साउन २१ गते बिहीबार

जापानमा याे वर्ष पनि नेपाली फेस्टिभल हुने, ५ हजारले अवलाेकन गर्ने अनुमान

जापानमा याे वर्ष पनि नेपाली फेस्टिभल हुने, ५ हजारले अवलाेकन गर्ने अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २७ गते आइतबार ०४:२७

आउँदो अप्रिल ६ तारिख फुकुओको सहरमा हुने उक्त फेस्टिभललाई यस वर्ष नेपाली तथा विदेशी गरी करिब ५ हजार जनाले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।

जापान

एनआरएनए जापान फुकुओका क्युसु क्षेत्रले विभिन्न संघ संस्थाहरुको सहयोगमा यो वर्षपनि नेपाली फेस्टिभलको आयोजना गर्ने भएको छ ।

आउँदो अप्रिल ६ तारिख फुकुओको सहरमा हुने उक्त फेस्टिभललाई यस वर्ष नेपाली तथा विदेशी गरी करिब ५ हजार जनाले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।

एनआरएन जापानका सचिव अर्जुन बगालेले कार्यक्रम गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकाे जानकारी दिए । ‘यो नेपाली कला, संस्कृतिलाइ चिनाउने पर्व हो । यस्तो मेला र महोत्सवले नेपाली पर्यटन क्षत्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने हाम्रो विश्वास छ’,उनले भने ।

यसैगरी क्युसु क्षेत्रीय अध्यक्ष विवेक बुढाथोकीले कार्यक्रमको तयारीका लागि विभिन्न ठाँउमा बृहत छलफल जारी रहेकाे जानकारी दिए । उनकाअनुसार अहिले आवश्यक जिम्मेवारी बाँटफाटसहित तयारीलाई तीव्रता दिइएकाे छ ।

यस्तै क्षेत्रीय सचिव केशव लामिछाने, मेला उपसंयोजक कृष्णहरि पाठक लगायतले कार्यक्रम सम्पन्न गर्न यहाँको नेपाली समाज, संघ संस्था, विभिन्न क्षेत्रमा कार्यरत पेशा तथा व्यवसायीसम्बद्ध व्यक्तिहरुकाे अहम भूमिका रहने बताएका छन् ।

दिनानुदिन विदेशीहरुको संख्या बढेसँगै देश तथा विदेशमा आपसी कला र संस्कृति आदानप्रदानलाई बृहत बनाउन यस्ता मेला र महोत्सवहरु अझ धेरै आवश्यक रहेको छलफलमा सहभागी वक्ताहरुले बताएका थिए ।

उक्त महोत्सवलाई पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति २०८० फागुन २७ गते आइतबार ०४:२७
हजुरको प्रतिक्रिया