२०८३ साउन २१ गते बिहीबार

मनाइयो नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औं स्थापना दिवस

मनाइयो नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औं स्थापना दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २८ गते सोमबार ०३:२७

महासंघले आफ्नो १३ औं स्थापना दिवसको सन्दर्भमा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न फोटो तथा भिडियो एक दिने पत्रकारिता तालिमसमेत सञ्चालन गरेको थियो ।

जापान
नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औं स्थापना दिवस जापानको चिवाकेनस्थित हातेमालो हाउसमा मनाइएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीले राज्यको चौंथो अंगको रुपमा स्थापित पत्रकारहरुले समाजमा विद्यमान समस्या र विकृतिविरुद्द कलम चलाउन जरुरी भएको बताएका छन् ।

राजदूत सुवेदीले पत्रकारहरुको व्यापक उपस्थितिमा राजदूतावासका उपलब्धी, समस्या र चुनौतीबारे छलफल गर्न चाहेको भन्दै छिट्टै छलफलको तयारीमा जुट्ने समेत बताए ।

महासंघले आफ्नो १३ औं स्थापना दिवसको सन्दर्भमा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न फोटो तथा भिडियो एक दिने पत्रकारिता तालिमसमेत सञ्चालन गरेको थियो ।

उक्त तालिममा प्रशिक्षकहरु राजकुमार बस्नेत, डाक्टर तोसिआकिइतो तथा रिक्की गौचनले भिडीयोग्राफी, श्रव्यदृष्य सम्पादन व्यावसायिक फोटो पत्रकारितालगायत विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागी ३३ जनालाई राजदूत सुवेदीले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति २०८० फागुन २८ गते सोमबार ०३:२७
हजुरको प्रतिक्रिया