२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

त्रिदेशीय टी–२० सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३० गते बुधबार १०:०८

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

पोखरा ।

हङकङमा जारी त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्दै छन् ।

खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि सुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

सिरिजको पहिलो खेल भने वर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार १०:०८
हजुरको प्रतिक्रिया