२०८३ साउन २१ गते बिहीबार

गलकाेटलाई मादीकाे अन्तरपालिकास्तरीय भलिबल प्रतियाेगिताकाे उपाधि

गलकाेटलाई मादीकाे अन्तरपालिकास्तरीय भलिबल प्रतियाेगिताकाे उपाधि

मन क्षेत्री

@Public 4K Tv

२०८० फागुन ३० गते बुधबार १०:२७

पाेखरा कास्कीको मादी गाउँपालिकाले आयोजना गरेको प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधि बागलुङकाे गलकाेट नगरपालिकाले जितेकाे छ । गलकाेटले बाैदिकाली गाउँपालिका नवलपरासीलाई उपविजेतामा सीमित राख्दै उपाधि उचालेकाे...

रवि केसी सर्वाेत्कृष्ट खेलाडी हुँदा हिमाल सुनारी उत्कृष्ट ब्लकर

पाेखरा

कास्कीको मादी गाउँपालिकाले आयोजना गरेको प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधि बागलुङकाे गलकाेट नगरपालिकाले जितेकाे छ । गलकाेटले बाैदिकाली गाउँपालिका नवलपरासीलाई उपविजेतामा सीमित राख्दै उपाधि उचालेकाे हाे ।

६ टाेलीकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे फाइनलमा गलकाेटले २५-१४, २२-२५, २५-१६ र २५- १५ काे सेटमा बाैदीकालीलाई पराजित गर्दै नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍याे ।

उपविजेता बाैदीकालीले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायाे । प्रतियाेगितामा आयोजक मादी गाउँपालिका तेस्राे भएकाे थियाे ।

आठौं स्थापना दिवसको अवसरमा आयोजित अध्यक्ष कप भलिबल प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीकाे उपाधि गलकाेटका रवि केसीले हात पारे । यस्तै, उत्कृष्ट सर्भरमा गलकाेटकै अस्विन सुनार, उत्कृष्ट सेटरमा मीन सुनार तथा उत्कृष्ट प्रशिक्षकमा रामु कार्कीले अवार्ड जित्दा उत्कृष्ट डिफेन्डरकाे उपाधि मादी ए का मिलन परियारले पाए ।

प्रतियाेगिताकाे उत्कृष्ट ब्लकर बाैदीकालीका हिमाल सुनारीकाे नाममा रह्याे ।

फागुन २७ देखि २९ गतेसम्म मादीको याङजाकोटमा सम्पन्न खेलकाे समापन समाराेहमा बाेल्दै गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले खेलकुदको माध्यमबाट मादीको पर्यटन प्रबद्र्धनमा सहयाेग पुगेकाे बताए ।

मादीमा नेपालकै सबैभन्दा कम उचाइमा रहेको कुपुचे हिमताल र प्रसिद्ध कोरी क्षेत्र पनि पर्छ ।

प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार १०:२७
हजुरको प्रतिक्रिया