२०८३ असोज २३ गते शुक्रबार

राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने पूर्व प्रम डा. भट्टराईकाे धारणा

राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने पूर्व प्रम डा. भट्टराईकाे धारणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार १०:२८

पाेखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । डा. भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले...

पाेखरा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।

डा. भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको भन्दै महाअभियोग लगाउनुपर्ने तर्क गरेका हुन् । डा. भट्टराईले ट्विटरमा लेखेका छन् ‘महाभारतका दुर्याेधनहरूले द्राैपदीकाे चीरहरण गरिरहदा भीष्महरू माैन बसेझैं ओलीले संविधान र लाेकतन्त्रकाे हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/ वक्तब्यवाजी/ गनगन गरेर मात्र बस्ने हाे कि बेलैमा प्रम र रापका थप धुन्धकारी हर्कत राेक्न संसद अधिवेसन र महाभियाेग तर्फ लाग्ने हाे ?

तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनुपर्ने उनको भनाइ छ । सरकारले मंलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी रुपमा विरोध भईरहेको छ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार १०:२८
हजुरको प्रतिक्रिया