२०८३ असोज २६ गते सोमबार

मुख्य समाचार

सुन तस्करी छानबिन आयोगले भन्योः झलकराम अधिकारीलाई कारबाही गर

सुन तस्करी छानबिन आयोगले भन्योः झलकराम अधिकारीलाई कारबाही गर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २ गते शुक्रबार ०१:२५

आयोग स्रोतकाअनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका

'दावा र अधिकारीबीच नियमित कुराकानी भए पनि ब्यूरोले छानबिन गरेन’

पाेखरा

राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

पाेखरा महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका अधिकारीकाे सुन तस्करी गिराेहसँग सम्बन्ध देखिएकाे भन्दै कारबाही गर्न भनेकाे छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

तर, ब्यूरोले गम्भीरतापूर्वक छानबिन नै गरेन । आयोगले पाएको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क-ठूलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ’ भनेका छन् ।

त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतकाअनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।

यो विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षमा भएका बेलासमेत उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति २०८० चैत २ गते शुक्रबार ०१:२५
हजुरको प्रतिक्रिया