२०८३ साउन २१ गते बिहीबार

जीवी राईलाई समाएर ल्याउने प्रधानमन्त्रीको आश्वासन

जीवी राईलाई समाएर ल्याउने प्रधानमन्त्रीको आश्वासन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ११:१६

सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

 

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।

आइतबार कास्कीको पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।

सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भएको बताए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर बचतकर्ताको समस्या समाधान गरिदिन उनले आग्रह गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवं् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ११:१६
हजुरको प्रतिक्रिया