२०८३ साउन २१ गते बिहीबार

छिट्टै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : प्रधानमन्त्री दहाल

छिट्टै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : प्रधानमन्त्री दहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ११:३२

पोखरा विमानस्थल ऋणमा डुबाएको रुपमा व्याख्या नगरी ऐतिहासिक कामको रुपमा लिन उनको आग्रह छ ।

ऋण अनुदानमा बदल्ने सम्भावना रहेको

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न छिमेकी राष्ट्रसँग पहल गरेको दाबी गरे ।

नियमित उडान भर्न आफुले ध्यान दिइरहेकोे बताए ।

आइतबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चिन सरकारसँग विशेष पहल गरेको सुनाए ।

पोखरा विमानस्थल ऋणमा डुबाएको रुपमा व्याख्या नगरी ऐतिहासिक कामको रुपमा लिन उनको आग्रह छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि स्थापित गर्न अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका रहने बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाबारेसमेत चर्चा गरे ।

अन्तर्राष्ट्रिय उडान नियमित रुपमा ल्याउने वातावरण बनाउन चिन भ्रमणको सन्दर्भमा एउटा समझदारी बनेकाले छिट्टै नियमित उडानको व्यवस्था उनको विश्वास छ ।

उनले विमानस्थल निर्माणमा लिएको ऋणलाई अनुदानमा बदल्ने प्रयासमा रहेको बताए ।

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ११:३२

हजुरको प्रतिक्रिया