२०८३ असोज २३ गते शुक्रबार

‘गलबन्दी च्यातियो’ मा प्रधानमन्त्रीको ठुम्का

‘गलबन्दी च्यातियो’ मा प्रधानमन्त्रीको ठुम्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ०५:४०

गायक प्रकाश सपूतको ‘गलबन्दी च्यातियो’ गीतमा प्रधानमन्त्री दाहालसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी सभामुख कृष्णप्रसाद धिताल, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले नाचेका थिए ।

पोखरा

पोखरालाई पर्यटन राजधानी घोषणा गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्मर मर्काएका छन् ।

आइतबार पोखराको बाराहीघाटस्थित आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छमछमी नाँचेका हुन् । उनी सार्वजनिक कार्यक्रममा विरलैै नाँचेको देखिन्छ ।

गायक प्रकाश सपूतको ‘गलबन्दी च्यातियो’ गीतमा प्रधानमन्त्री दाहालसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी सभामुख कृष्णप्रसाद धिताल, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले नाचेका थिए ।

पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रमा गायक सपूतले २ वटा गीत प्रस्तुत गरे । पञ्चेबाजाको गीत ‘माकुरमाकुर घुर’ बाट प्रस्तुती सुरुवात गरेका प्रकाशसँग पोखरेली मज्जैले झुमे ।

‘वास्तवमा सम्माननीय प्रधानमन्त्री ज्यु र मेरो एउटा राम्रो फोटो पनि छैन । मिल्छ भने मुख्यमन्त्री ज्यु, आजको प्रमुख अतिथि ज्यु, महानगरपालिकाका प्रमुख ज्यु, पूर्व मुख्यमन्त्री ज्यु यहाँ हुनुहुन्छ । तपाईहरु सबै जनताको माझबाटै आको हो’, ‘गलबन्दी च्यातियो’ गाउनु अगाडि प्रकाशले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री ज्यु पनि यही गण्डकी प्रदेशमा जन्मनुभाको हो । गीतसंगीत के हो ? झ्याउरे बस्दै आउनुभाको हो सबै जना अतिथिहरु । सबै जना नेता ज्युहरु यही पोखरामा जन्मेकोे र संगीतमा भिज्दै आउनुभाको हो ।’

प्रकाशले अगाडि थपे, ‘यदि प्रोटोकलले दिन्छ भने आज एउटा सम्झना बिर्सना एउटा फोटो पनि राम्रो आउने । यो घोषणाको दिनमा जनतासँगै नाँच्न पनि पाइने । मिल्छ भने एक एक ताल नाँच्न आग्रह गरौं ।’ उनको आग्रह स्विकार गरेर प्रधानमन्त्री दाहालसँगै अन्य अतिथि नाँच्न ओर्लिएका थिए ।
औपचारिक कार्यक्रम सकिएपछि पनि प्रकाशले आफ्ना चर्चित गीतमार्फत पोखरेली दर्शकलाई झुमाएका थिए ।

गायक प्रकाश सपुतको गीतमा नाच्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर सौजन्यः प्रेम थापा

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ०५:४०
हजुरको प्रतिक्रिया