२०८३ साउन २१ गते बिहीबार

नवनियुक्त गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पदभार

नवनियुक्त गण्डकीका प्रदेश प्रमुख भट्टले सम्हाले पदभार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ०७:४९

अहिलेसम्म गण्डकीमा ५ जना प्रदेश प्रमुख फेरबदल भएका छन्

पोखरा
गण्डकी प्रदेशको नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालय पोखरामा भट्टले पदभार ग्रहण गरेका हुन् । संघीय मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको हो ।

सत्ता समीकरणको फेरबदलसँगै प्रदेश प्रमुखसेमत फेरिने गरेको छ । अहिलेसम्म गण्डकीमा ५ जना प्रदेश प्रमुख फेरबदल भएका छन् ।

भट्ट गण्डकीका पाचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए । गुरुङ कांग्रेसको तर्फबाट प्रदेश प्रमुख बनेका थिए ।

भट्ट एमालेको कोटामा गण्डकीको प्रदेश प्रमुख बनेका हुन् ।

डोटीमा जन्मिएर अहिले कैलालीलाई राजनीतिक क्षेत्र बनाइरहेका एमाले नेता भट्ट सत्ताको अदलबदलमा गण्डकीको प्रमुख बन्न आइपुगेका हुन् ।

उनले पदमा रहुन्जेल इमानदार भएर काम गर्ने बताए । कानुनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेकोसमेत उनले बताए ।

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ०७:४९
हजुरको प्रतिक्रिया