२०८३ कात्तिक ११ गते मंगलबार

निसीखोला बस दुर्घटना : ९ जनाको मृत्यु, २८ जना घाइते

निसीखोला बस दुर्घटना : ९ जनाको मृत्यु, २८ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार ०७:३२

मृत्यु हुने अधिकांश रुकुमका रहेका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरि सोमबार रातीनै रुकुम पठाइएको छ ।

डम्मर बुढा मगर

बागलुङ ।

बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङ स्थित धौलागिरी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

मृत्यु हुनेमा दाङ का १८ वर्षीय लक्की पुन मगर, पश्चिम रुकुम मुसिकोट–१ बस्ने वर्ष २७ की बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटा का सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनेने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका– ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको केसीले बताए ।

बस सडकदेखि १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक केसी जानकारी दिए ।

मृत्यु हुने अधिकांश रुकुमका रहेका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरि सोमबार रातीनै रुकुम पठाइएको छ ।

दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

बुर्तिबाङमा सबै घाइतेको उपचार संभव नभएपछि धौलागिरी अस्पताल बागलुङमा रेफर गरिएको थियो ।

घाइतेहरुलाई एम्बुलेन्स तथा गाडी व्यवस्थापन गरि बागलुङ ल्याइएको र केहीलाई पोखरा रेफर गरिएको छ ।

पूर्वी रुकुमदेखि काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

घाइते हुनेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्र जंग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मीको मदाने गाउँपालिका–१ का २४ वर्षीय गोबिन्द बोहरा, रुकुम पश्चिमको मुसिकोट नगरप –३ का ६५ वर्षीय हर्क बहादुर के.सी., बोतलिवाङ–७ का ३५ वर्षीय हिम बहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका– ८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका २२ वर्षीय टिकाराम विक सोही ठाउँकी लक्ष्मी पुन मगर, बोतलिवाङ – ११ की २२ वर्षीया सबिना पुन मगर, रुकुम पश्चिम का ३८ वर्षीय हेमराज के.सी.रहेका छन् ।

त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाण्डौका टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुम पश्चिमको मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी महिना ३ कि ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सेही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुन मगर, ५५ वर्षीया लिला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका– ३ का ६० वर्षीय हर्क बहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ को हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल रहेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०७:३२

हजुरको प्रतिक्रिया