पाेखरा ।
ईन्द्रेणी थिएटरले पोखराको पुम्दीभुम्दीमा ‘पाईन खबर साँझ’ आयोजना गर्ने भएको छ।
वरिष्ठ लाेक गायिका हरिदेवी काेइरालाकाे कालजयी गित ‘पाईन खबर, घर फर्की आउनु है मेराे हजुर’ लाई केन्द्रमा राखेर कार्यक्रमकाे आयोजना गरिएकाे कार्यक्रमका संयाेजक केदार पाैडेलले बताए ।
साँझमा हरिदेवी काेइरालालाई पदमराज ढकाल, दिलिप गायक, नवराज बराल, महेन्द्रराज बराल, रामजी पाैडेल लगायतका कलाकारहरूले साथ दिनेछन् ।
सवै महत्वपूर्ण कार्यक्रमहरू मुख्य बजारक्षेत्रमै हुने भएकाले ग्रामिण क्षेत्रका वासिन्दालाई त्यस्ता कार्यक्रममा सहभागिता जनाउन सकस हुने भएकाले यसपटक पुम्दीबासीलाई प्राथमिकतामा राखेर कार्यकम आयोजना गरिएकाे संयाेजक पाैडेलले बताए । ‘गाउँमै पनि एउटा स्तरीय कार्यक्रम गर्न सकिन्छ र गाउँमा पनि दर्शक छन् भन्ने प्रमाणित गर्न पनि कार्यक्रम महत्वपूर्ण हुनेछ, संयाेजक पाैडेलले भने ।
प्रत्यक्ष वाद्दबाधनमा हुने कार्यक्रममा करिव ५०० जना पुम्दीबासीकाे सहभागिता रहने पाैडेलले जनाए ।
कार्यक्रम यहि चैत्र १० गते शनिबार, साँझ ३ बजेदेखि शुरू हुने थियटरले उल्लेख गरेकाे छ ।
प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०५:४४




