पोखरा
पोखरामा १९ औं अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवस मनाइएको छ । डाउन सिन्ड्रोम परिवार नेपालले बिहिबार सांस्कृतिक ¥यालीसहितको दिवस मनाएको हो ।
सिन्ड्रोम भएका व्यक्तिबारे जनचेतना जगाउन सास्कृति कार्यक्रमसहित ¥याली निकालियो । डाउन सिन्ड्रोम भएका बालबालिकासहित अभिभावक र संघसंस्थाका प्रतिनिधिले जनचेतनामुलक ¥याली निकालेका हुन् ।
पोखराको सिर्जनाचोकबाट सुरु भएको ¥याली पृथ्वीचोक पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले डाउन सिन्ड्रोम भएका बालबालिका र परिवारलाई घरपरिवार, समाजको सहयोग हुनुपर्ने बताए ।
परिवारकी अध्यक्ष कुसुम सेन्चुरीले पोखरा र आसपासका क्षेत्रमा रहेका डाउन सिन्ड्रोम भएका व्यक्तिका परिवारलाई सचेतना जगाउदै एकताबद्ध हुन अघि बढिरहेको उल्लेख गरिन् ।
डाउन सिन्ड्रोम भएका व्यक्ति आफैं सोच्न र दैनिक जीवनका काम गर्न नसक्ने भएका कारण घरपरिवारसँग निर्भर हुने गर्छन् ।
‘डाउन सिन्ड्रोम भएका व्यक्ति नाँचगानमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने भएका कारण सांस्कृति कार्यक्रम गरिएको छ’, उनले भनिन् ।
समाजसेवी राजन श्रेष्ठले डाउन सिन्ड्रोम भएका व्यक्ति र परिवारलाई साथ र सहयोगको खाँचो रहेको बताए ।
प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ०२:२८




