२०८३ साउन २१ गते बिहीबार

होलीको दिन संगीतमय बन्नेछ फेवाताल किनार

होलीको दिन संगीतमय बन्नेछ फेवाताल किनार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ८ गते बिहीबार ०८:१५

कलाकार उपचार अक्षयकोषको स्थापनार्थ सांगीतिक कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले जानकारी दिए ।

पोखरा

दोस्रो संस्करणको होली म्युजिक फेष्टिभल हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले होलीमा आगामी आइतबार लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिभल गर्न लागेको हो ।

२०७५ सालमा पहिलो पटक होली म्युजिक फेष्टिभल आयोजना भएको थियो ।

कलाकार उपचार अक्षयकोषको स्थापनार्थ सांगीतिक कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले जानकारी दिए ।

‘राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्युवरण्म गर्नुपर्ने अवस्था छ । नीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिवृद्धि गर्दैछौं’, उनले भने ।

विहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने फेस्टिभलमा दर्शकले प्रवेश निशुल्क पाउने उनले बताए । ‘प्रवेश निशुल्क भएपनि दर्शकले कार्यक्रममा सहयोग गर्न सक्नेछन्’, उनले भने ।

‘जोमसोमै बजार,बाह्र बजे हावा सरर’ बोलको गीतका गायक गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिनेछन् ।

देउराली व्याण्डका आनन्द बज्राचार्य, विनोद बानियाँ, पखेरी व्याण्डका इन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना र रोहनजंग कार्कीले पोखरेली दर्शक झुमाउनेछन् ।

डिजे भिटिजे बिजयले डिजेइङको मज्जा दिदै फेस्टिबलको बिट मारिनेछ ।

कला संगीतको विकास, संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न कार्यक्रमले सघाउने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ०८:१५
हजुरको प्रतिक्रिया