२०८३ साउन २१ गते बिहीबार

पोखराका फिल्म हलमा रिभ्यू बक्स

पोखराका फिल्म हलमा रिभ्यू बक्स

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १० गते शनिबार १०:२७

नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चलचित्र पत्रकार संघ कास्कीले गरेको छ ।

पोखरा

दर्शकले सिनेमा हेरेपछि प्रतिक्रिया दिनलाई पोखरामा फिल्म हलमा रिभ्यू बक्स राखिएको छ । मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले रिभ्यू बक्सको अवधारणा ल्याएको हो । मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले रिभ्यू बक्सको उद्घाटन गरे ।

नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चलचित्र पत्रकार संघ कास्कीले गरेको छ ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए । रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले नेपाली सिनेमाको विकास र प्रवद्र्धनका यो अवधारणा ल्याएको उल्लेख गरे ।

रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध छ । जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन् ।

चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न सक्नेछन् ।

नाम, नम्बर र ठेगाना लेखेर रिभ्यू बक्समा प्रतिक्रिया दिने २ जना हरेक हप्ता लक्की ड्र मार्फत विजेता घोषणा हुनेछन् । विजेताले मिडटाउन सिनेमाज र सिनेप्लेक्समा २/२ वटा फिल्मको टिकट र पपकन पाउनेछन् ।

दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ । हरेक हप्ताको विजेता मध्य मासिक एक जनालाई बन्जी नेपालमा निशुल्क बन्जी हान्ने अवसर पाउनेछन् ।

प्रकाशित मिति २०८० चैत १० गते शनिबार १०:२७

हजुरको प्रतिक्रिया