मिसन–२०८४ लाई सफल बनाउन नयाँ सत्तासमीकरण बनाएको भनाइ
पोखरा
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताएका छन् ।
महासचिव पोखरेलले मिसन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने अडानसमेत राखे ।
शनिवार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा शुरु गरिएको पनि स्पष्ट पारे ।
महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिशन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्कसमेत गरे । एमालेको अर्जुनदृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए ।
मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
एमालेबिरुद्धको घेराबन्दीलाई, एमालेबिरुद्धको चक्रब्युहलाई तोडेर बाहिर आएको उनको भनाइ थियो । सहकार्यको एउटा नयाँ आधार तयार गरेकोे पोखरेलले बताए ।
मुलुकको भाग्य र भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहेको उनको भनाइ थियो ।
त्यस अवसरमा महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने काममा एमालेको प्रयास हुने पनि बताए । एमाले सरकारमा नहुँदा सो अन्तर्राष्ट्रिय विमानस्थल
प्रकाशित मिति २०८० चैत १० गते शनिबार ०५:३१




