पोखरा
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी अध्यक्षमा जितबहादुर गुरुङ निर्वाचित भएका छन् ।
प्रथम अधिवेशनले जितबहादुरको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिव क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए ।
सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । सदस्यमा प्रमिला राना मगर गुरुङ, छन्दी गुरुङ, कुमबहादुर गुरुङ, कृष्णा थापा आले, रामजी श्रेष्ठ, तुलसी पुर्जामगर, सनबहादुर रानामगर, इन्द्रबहादुर पुन, हिरा घर्ती, सावित्री भुजेल, धनबहादुर कुमाल, तोत्रोमान गुरुङ, दुर्गाबहादुर गुरुङ छन् ।
यस्तै, सदस्यमा हिरादेवी महतो, मोहनहरि श्रेष्ठ, रेशम बाच्येमगर, अमर थापामगर, मनबहादुर गुरुङ, रिम्क गुरुङ, कविता भुजेल, द्रोण छन्त्याल, भीमबहादुर तामाङ र वीरबहादुर दरै चयन भए । सदस्यमध्ये पछि कोषाध्यक्ष छानिने प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले बताए । पछि ८ जना मनोनीत हुनेछन् ।
अधिवेशनको नेपाली कांग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्दै पार्टी संगठन बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति २०८० चैत ११ गते आइतबार ०९:५१




