२०८३ साउन २१ गते बिहीबार

हप्दा दिन हुँदानहुँदै गण्डकीमा एमालेको सरकारः खगराज अधिकारी

हप्दा दिन हुँदानहुँदै गण्डकीमा एमालेको सरकारः खगराज अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ११ गते आइतबार १०:३६

कसको नेतृत्वमा सरकार बन्ने अन्योल कायमै रहेका बेला नेता अधिकारीले एमाले नेतृत्वमै हप्तादिनभित्र सरकार बन्ने बताएका हुन्

पाेखरा

नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकीमा हप्तादिनभित्रै एमाले नेतृत्वको सरकार बन्ने बताएका छन् ।

एमाले कास्कीको अधिवेशनमा बोल्दै अधिकारीले हप्तादिनभित्रै एमाले नेतृत्वमा सरकार बनाउने औपचारिक जिम्मेवारी आउन लागेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।

गण्डकीमा नयाँ सरकार गठनका लागि नयाँ समीकरणअनुसार कसरत भइरहेका बेला अधिकारीले एमाले नेतृव्मा सरकार बनाउने पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा अधुरा रहेका काम पूरा गर्ने बताएका छन् ।

गण्डकीमा माओवादीले पनि मुख्यमन्त्रीको दाबी गरिरहेको छ । कसको नेतृत्वमा सरकार बन्ने अन्योल कायमै रहेका बेला नेता अधिकारीले एमाले नेतृत्वमै हप्तादिनभित्र सरकार बन्ने बताएका हुन् ।

अहिलेको सत्ता समीकरणअनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति छैन । गण्डकीमा निर्णायक बनेको राप्रपालाई फकाउने प्रयन्तसहित सरकारमा सहभागी हुने एमालेका नेता अधिकारीले विश्वास गरेका छन् ।

गण्डकीमा एमालेका २२, माओवादी सभामुखबाहेक ७ र राप्रपाका २ सांसदले सरकार बन्न पुग्ने संख्या जुट्ने देखिन्छ । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि राप्रपालाई फकाइरहेका छन् ।

पाण्डेले सत्ता जोगाउने खेलमै एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाएका छन् । तर, पाण्डेका निम्ति पनि सहज परिस्थिति छैन ।

यस्तो अवस्थामा एमाले नेतृत्वमै सरकार बन्ने र अबको ४ वर्ष साँच्चिकै गण्डकीको मुहार फेर्ने दाबी अधिकारीको छ ।

प्रकाशित मिति २०८० चैत ११ गते आइतबार १०:३६
हजुरको प्रतिक्रिया