२०८३ असोज २५ गते आइतबार

पोखरा-१२ मा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास

पोखरा-१२ मा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १२ गते सोमबार ०७:१४

स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको विश्वास छ ।

पोखरा
पोखरा महानगरपालिका-१२ कार्यालय परिसरमा बन्ने शहरी स्वास्थ्य केन्द्रको भवन निमाणर्को शिलान्यास भएको छ । ३० लाख लागतमा बन्ने शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन् ।

निकै नै जीणर् अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको वडाध्यक्ष बास्तोलाले बताए । भवन निर्माण सुरु गरिएपनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने उनले सुनाए ।

‘निर्वाचित भएपछि यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौँ, उनले भने ।

पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्यक्ष रुपमा जोड्नको लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ । स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको विश्वास छ ।

‘सामान्य विरामी पर्दा पनि शहरका ठुला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामै स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो,’ उनले भने ।

शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम् स्थानीयवासीको सहभागिता थियो ।

प्रकाशित मिति २०८० चैत १२ गते सोमबार ०७:१४
हजुरको प्रतिक्रिया