पोखरा ।
आयरल्याण्डको ए टोली र नेपालको ए टोलीबीचको मैत्रीपूर्ण टी– २० क्रिकेट शृंखला आजदेखि सुरु हुँदैछ ।
खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
आयरल्याण्ड ए टोलीलाई आयरल्याण्ड उल्भ्स नाम दिइएको छ । नेपाल ए को कप्तानी बिनोद भण्डारीले गर्नेछन् ।
नेपाली टोलीमा भण्डारीसहित लोकेश बम, देब खनाल, पवन सराफ, किरण थगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कम सिहं ऐरी, हेमन्त धामी र विकाश आग्री रहेका छन् ।
नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० भोलि र तेस्रो खेल आउँदो आईतबार हुनेछ ।
यस्तै चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो।
प्रकाशित मिति २०८० चैत १५ गते बिहीबार ०९:५०