२०८३ साउन २१ गते बिहीबार

त्रिशूली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०९:२७

ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

पोखरा ।

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको ज्यान गएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खस्दा ५ जनाको ज्यान गएको हो ।

ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

मृतकहरू गोरखा नगरपालिका ७ का रहको बताइएको छ ।

दुर्घटनामा परेकाहरूको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०९:२७
हजुरको प्रतिक्रिया