२०८३ असोज २५ गते आइतबार

टी–२० सिरिजः नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो खेल आज

टी–२० सिरिजः नेपाल ए र आयरल्याण्ड ए बीचको दोस्रो खेल आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०९:२९

पोखरा । टी–२० श्रृंखला अन्तर्गत आज नेपाल ए ले आयरल्याण्ड ए विरुद्ध दोस्रो खेल खेल्दै छ । खेल दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित...

पोखरा ।

टी–२० श्रृंखला अन्तर्गत आज नेपाल ए ले आयरल्याण्ड ए विरुद्ध दोस्रो खेल खेल्दै छ ।

खेल दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ ।

सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो । जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो ।

नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ ।

यो श्रृंखला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ ।

श्रृंखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ । टी–२० शृंखलापछि यी दुई टोलीले आगामी बुधबारदेखि सुरु हुने तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन् ।

आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०९:२९

हजुरको प्रतिक्रिया