२०८३ साउन २१ गते बिहीबार

फिल्म ‘ईश्वर’ काे प्रदर्शन मंसिरमा पक्का

फिल्म ‘ईश्वर’ काे प्रदर्शन मंसिरमा पक्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार १०:३७

राजु गिरीको निर्देशन रहेको फिल्म 'ईश्वर' मंसिरमा प्रदर्शन हुने भएको छ। शुक्रबार पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेदेखि फिल्म रिलिज हुने घोषणा गरिएको हो। फिल्ममा सुनील थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, ध्रुब थापा, कृष्टि गुरुङ,...

राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ मंसिरमा प्रदर्शन हुने भएको छ।

शुक्रबार पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेदेखि फिल्म रिलिज हुने घोषणा गरिएको हो। फिल्ममा सुनील थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, ध्रुब थापा, कृष्टि गुरुङ, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय छ। पोस्टरमा अधिकांश कलाकारहरू देखिएका छन्।

लक्ष्मी कुवँर थापाको प्रस्तुति रहेको फिल्मको निर्माता हरि बहादुर थापा हुन्।

दिव्या कंगना फिल्मसको ब्यानरमा बनेको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन्।

रामेश्वर हुँमागाई‌ंको छायांकन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, देव कुमार महर्जनको द्वन्द्व रहेको फिल्मलाई बनिश शाहले सम्पादन गर्नेछन्।

यो फिल्मलाई उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार १०:३७
हजुरको प्रतिक्रिया