२०८३ असोज २५ गते आइतबार

नेपाल ‘ए’ दोस्रो खेलमा पनि पराजित, आयरल्यान्ड ‘ए’ ले जित्यो टी–२० सिरिज

नेपाल ‘ए’ दोस्रो खेलमा पनि पराजित, आयरल्यान्ड ‘ए’ ले जित्यो टी–२० सिरिज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०४:३६

आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो ।

काठमाडौं
टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो ।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन जोडे । लोकेश बलले २५ रन, कप्तान विनोद भण्डारी २६, आरिफ शेख १४, किरण थगुन्ना ३, पवन सर्राफ १० र बसिर अहमद २७ रनमा आउट भए ।

बलिङमा आयरल्यान्ड ‘ए’ ले बेन व्हाइटले ३, फिओन ह्यान्ड र टम मेयसले दुईदुई, म्याथ्यु फोस्टर र ग्यारेथ डेल्नीले एकएक विकेट लिए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुर, निल रक ७१, फिओन ह्यान्ड १९, रस अडेर १७, जेम्स मक्कोलम २६, ग्यारेथ डेल्नी १० रन बनाएका थिए । बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिएका हुन् ।

यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले जितेको छ । पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०४:३६
हजुरको प्रतिक्रिया