२०८३ असोज २३ गते शुक्रबार

ठूलाकोटमा अक्षरयात्रा

ठूलाकोटमा अक्षरयात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १८ गते आइतबार ०९:४६

पोखरा । अक्षरयात्राको २ सय ९ औं शृंखला पोखरा २८ को पर्यटकीय स्थल ठूलाकोटमा भएको छ । 'जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ अक्षरयात्रीहरुले त्यहीको परिवेश समेटेर गरेका सिर्जना कार्यक्रममा सुनाएका थिए...

पोखरा ।

अक्षरयात्राको २ सय ९ औं शृंखला पोखरा २८ को पर्यटकीय स्थल ठूलाकोटमा भएको छ ।

‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ अक्षरयात्रीहरुले त्यहीको परिवेश समेटेर गरेका सिर्जना कार्यक्रममा सुनाएका थिए ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको आयोजनामा हुँदै आएको अक्षरयात्राको यो शृंखलामा लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन स्थानीय आयोजक बनेको थियो ।

गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षत्री र लायन्स पोखरा कालिका भ्यु टावरका अध्यक्ष दिनेशबाबु खड्काको संयुक्त अध्यक्षतमा भएको कार्यक्रममा सर्जकहरुले ठूलाकोट, कालिका, माझठानाका सुन्दरता, सम्भावना र समसामयिक विषयमा रचनामा उतारेका थिए ।

ठूलाकोटबाट कास्कीको विभिन्न भाग देखिन्छन् । ठूलाकोट कुलमण्डल शाहका साइला छोरा चैतु शाहको राज्य मानिन्छ ।

कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले मुक्तक सुनाएर रचनावाचन सुरुवात गरेका थिए । कार्यक्रमा मुक्तक मञ्चका पोखराका उपाध्यक्ष श्रीराम अधिकारी गोर्जे, गजल सन्ध्या पोखराका कोषाध्यक्ष विष्णु सुवेदी, कवि अमृत क्षेत्री लगायतले तदस्थानमा लेखिएका रचना वाचन गरेका थिए ।

प्रकाशित मिति २०८० चैत १८ गते आइतबार ०९:४६
हजुरको प्रतिक्रिया