२०८३ साउन २१ गते बिहीबार

टी–२० फ्रेन्डशिप कपअन्तर्गत नेपालले आज बडोरासँग खेल्दै

टी–२० फ्रेन्डशिप कपअन्तर्गत नेपालले आज बडोरासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २० गते मंगलबार १०:५४

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।

पोखरा ।

नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप अन्तर्गत नेपालले आज भारतको क्लब बडोरासँग खेल्दैछ ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा मैदान उत्रदै छ भने गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ ।

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुँदैछ ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो ।

नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ ।

प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्नेछन् । त्यसपछि नेपाल त्यहीँबाट ओमान जानेछ ।

प्रकाशित मिति २०८० चैत २० गते मंगलबार १०:५४
हजुरको प्रतिक्रिया