२०८३ साउन २१ गते बिहीबार

नयाँ वर्षमा पोखरका होटलमा छुट

नयाँ वर्षमा पोखरका होटलमा छुट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २० गते मंगलबार १२:०३

संघमा आबद्ध सबै होटलमा अनिवार्य छुटको व्यवस्था गरिएको छ ।

पोखरा

नयाँ वर्षमा पोखरा घुम्ने आउने पर्यटकले होटलको बसाँइमा छुट पाउने भएका छन् । होटल संघ पोखराले पाहुनालाई छुटको योजना ल्याएको हो ।

चैत २९ देखि बैशाख १ गतेसम्म संघको आयोजनामा १९ औं फेवा नव वर्ष महोत्सव हुँदैछ । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा होटलले पाहुनलाई छुटको योजना ल्याएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

होटल संघ पोखरा मातहातका होटलले मात्रै छुट उपलब्ध गराउने उनको भनाइ छ । ‘हामीले संघ मातहातका होटलहरुमा प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरेका छौं’, उनले भने ।

पोखरा आसपासमा झन्डै १ हजार २०० होटल व्यवसाय सञ्चालनमा छन् । ४० हजार पाहुन राख्न सक्ने ती होटलसँग क्षमता छ । संघमा भने ४२५ होटल मात्रै आबद्ध रहेको छन् । सुवेदीका अनुसार संघमा आबद्ध सबै होटलमा अनिवार्य छुटको व्यवस्था गरिएको छ ।

नयाँ वर्षमा पोखरा आउने पर्यटकलाई अन्य पर्यटन व्यवसायीले पनि सेवामा पनि भारी छुटको प्रतिबद्धता गरेको उनले सुनाए । छुटको नाममा झन् चर्को मूल्य लिने गरेको व्यवसायीलाई आरोप लाग्ने गरेको छ । संघका अध्यक्ष सुवेदी भने पूरानै दररेटमा छुट हुने दाबी गर्छन् ।

नयाँ वर्ष मनाउने पोखरा आउने पर्यटकलाई लक्षित गर्दै संघले वर्षेनी फेवा नव वर्ष महोत्सव गर्दै आइरहेको छ । अंग्रेजी नयाँ वर्ष पोखरामै मनाउनुपर्छ भन्ने एकखालको ट्रेन्ड छ । पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्ष मनाउने पर्यटक पोखरा आउने क्रम बढिरहेको पोखराका पर्यटन व्यवसायी बताउँछन् ।

पोखराको ड्यामसाइडदेखि खहरेचोकसम्मको सडकमा तीन दिन महोत्सव हुनेछ । यो वर्षको महोत्सव सफल पार्नलाई २१ समिति चयन गरिएको छ ।

सडकका हरेक चौतारीमा साँस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष सुवेदीले बताए । झन्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।

परम्परागत नेपाली खानाको प्रबद्र्धन, साँस्कृति झाँकीको कार्यक्रम, लोकदोहोरी र पप कन्सर्ट, स्थानीय कलाकारको साँस्कृतिक नृत्य, हाँस्यव्यंग्य प्रस्तुति, पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।

प्रकाशित मिति २०८० चैत २० गते मंगलबार १२:०३

हजुरको प्रतिक्रिया