२०८३ साउन २१ गते बिहीबार

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरौं : डा. भट्टराई

संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरौं : डा. भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ५ गते आइतबार ११:३९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका छन्, ‘ यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ । यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन ।’ उनले सबैतिरबाट ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

यस्तो छ उनको सन्देश

नयाँ संविधानमा हामीले राजनीतिक स्थिरता कायम गर्नको निम्ति प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष किटान गरेका थियौँ । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा संसद् विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको विपरित संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर जुन प्राप्त भएको छ, यो अत्यन्त दुःखद् छ । यसले हिजो कै संसदीय व्यवस्थाको अस्थिरता निम्तायो र यसले संविधानसभाबाट हामीले सुधारिएको प्रणाली ल्याएको धज्जी उडाएको छ, यो लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ । यसले नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिबाद गरिनुपर्छ ।

प्रकाशित मिति २०७७ पुस ५ गते आइतबार ११:३९
हजुरको प्रतिक्रिया