२०८३ साउन २१ गते बिहीबार

पर्वतमा दम्पती हत्या ः अनुसन्धानको लागि सिआइबी खटिँदै

पर्वतमा दम्पती हत्या ः अनुसन्धानको लागि सिआइबी खटिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २४ गते शनिबार ०१:०८

घटना भएको चार–पाँच दिनसम्म घटनाको वास्तविकता नभेटिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले सिआइवीमार्फत घटनाको अनुसन्धान गर्न लागेको हो ।

पर्वतमा दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न सिआइबी खटिँदै

पर्वतको जलजला गाउँपालिका–२ दहमा एक दम्पती मृत भेटिएको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गर्ने भएको छ ।

गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले अनुसन्धान सुरु गरेको भए पनि घट्नाका बारेमा स्पष्ट तथ्य फेला नपरेपछि प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहित विशेषज्ञको टोलीले समेत घटनास्थलको अनुसन्धान गरेका थिए । विशेषज्ञको टोलीले अनुसन्धान गर्दा पनि वास्तविक तथ्य पत्ता नलागेपछि घटनाको अनुसन्धान सिआइबीले गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताए ।

घटना भएको चार–पाँच दिनसम्म घटनाको वास्तविकता नभेटिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले सिआइवीमार्फत घटनाको अनुसन्धान गर्न लागेको हो ।

एउटा शव घोप्टो अवस्थामा रहेको अर्को शव खाटमाथि पल्टिएको अवस्थामा रहेको भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेका थिए । घटनाको अवस्था हेर्दा हत्या नै भएको देखिएको प्रहरीको भनाइ छ ।

दुवै शवको पर्वत अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार भइसकेको छ । पातलो बस्तीमा रहेको सूर्यबहादुरको घर वरवर छिमेकीका दुई वटा मात्रै घर रहेकाका बस्ती सुनसान नै रहने गरेको स्थानीय बताउछन् ।

प्रकाशित मिति २०८० चैत २४ गते शनिबार ०१:०८
हजुरको प्रतिक्रिया