पोखरा ।
भारतामा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज नेपालले गुजरातसंग खेल्दै छ ।
खेल गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ ।
३ खेलमा जित निकाल्दै नेपाल फाइनल यात्रा तय गर्दा गुजरात २ खेलमा जित र २ खेलमा हार बेहोर्दे फाइलन पुगेको हो ।
३ खेलमा हार र एक खेलमा जित निकालेको बरोडा क्लब समूह चरणबाट बाहिरिसकेको छ ।
नेपाली टोलीले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।
चौथो खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।
नेपालसँग दुवै खेलमा पराजित भएको गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको थियो ।
ओमानमा अप्रिल १२ देखि २१ सम्म आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालले भारतीय स्टेट टीमसँग त्रिकोणात्मक टी–२० सिरिज खेलेको हो ।
नेपाल अब त्यहीँबाट ओमान जानेछ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् ।
यस सिरिजका खेल डबल राउण्ड रोबिनका आधारमा भइरहेको छ ।
प्रकाशित मिति २०८० चैत २५ गते आइतबार १२:०१




