२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश

खगराज बने दोस्रो पटक गण्डकीको मुख्यमन्त्री

खगराज बने दोस्रो पटक गण्डकीको मुख्यमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २५ गते आइतबार ०४:३०

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन्

मुख्यमन्त्री अधिकारीले माओवादीका तर्फबाट सभामुख कृष्ण धितालसमेत मत लिए

पाेखरा

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् ।

मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन् ।

अधिकारी गण्डकीमा दोस्रोपटक मुख्यमन्त्री बनेका छन् । यसअघि उनी गत साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

चुमान गण्डकीमा तेस्रो पटक मन्त्री बनेका हुन् भने मनाङले मन्त्री बन्नेमा अहिलेसम्मकै रेकर्ड राखेका छन् । उनी गण्डकीको दोस्रो कार्यकालसम्म आइपुग्दा पाँचौ पटक मन्त्री बनेका छन् ।

आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको समर्थन लिएका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् ।

यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०४:३०
हजुरको प्रतिक्रिया