२०८३ साउन २१ गते बिहीबार

मेश्रम बराह माविलाई ‘शिरसुवा’ ले दियो २ लाख

मेश्रम बराह माविलाई ‘शिरसुवा’ ले दियो २ लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २५ गते आइतबार ०७:१३

घान्द्रुकको मेश्रम बराह माविलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोे हो ।

पोखरा

गुरुङ फिल्म शिरसुवाले मुनाफाबाट विद्यालयलाई सहयोग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकको मेश्रम बराह माविलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोे हो ।

गुरुङ संस्कृतिमा आधारित फिल्मको छायंकन नै पर्यटकीय गाउँ घान्द्रुकमा भएको थियो । घान्द्रुकको पर्यटन प्रबद्र्धनमा भूमिका खेलेको फिल्मबाट भएकोे मुनाफाले आइतबार मेश्रम बराह माविमा कक्षा ११÷१२ सञ्चालनार्थ सहयोग हस्तानतरण गरेको छ ।

ब्रेज मेश्रों फिल्म प्रोडक्सनको ब्यानरमा बनेको फिल्म काठमाडौं र पोखरामा प्रदर्शन भएको पोखरा प्रतिनिधि अमृत लामा गुरुङले बताए । त्यसपछि बेलायतमा प्रदर्शन भएको छ । बेलायतमा भएको प्रदर्शनबाट विद्यालयलाई सहयोग गरेको उनको भनाइ छ ।

विद्यालयका अर्थ संकलन उपसमितिका संयोजक कमल गुरुङले फिल्मले गाउँको पब्रद्र्धनमा पनि सघाएको बताए ।

‘शिरसुवा’ भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको दोस्रो गुरुङ फिल्म हो ।

यसअघि भ्रेज मेश्रो फिल्म प्रोडक्सनले पहिलो फिल्म  ‘भे्र’ निर्माण गरेको थियो । ‘भे्र’ फिल्मको मुनाफाबाट घान्द्रुुकमा रोधीं क्लबको भवन निर्माणार्थ ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

 

प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०७:१३
हजुरको प्रतिक्रिया