२०८३ साउन २१ गते बिहीबार

हेमराज पहारी स्मृति पुरस्कार सरुभक्तलाई

हेमराज पहारी स्मृति पुरस्कार सरुभक्तलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २५ गते आइतबार ०७:४६

पुरस्कार राशि एक लाख रुपैयाँ र ताम्रपत्र छ ।

पोखरा

साहित्यकार सरुभक्तलाई यो वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशि एक लाख रुपैयाँ र ताम्रपत्र छ ।

प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको बताए । प्रतिभा छनोट समितिको सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्यासम्मानित भइसकेका छन् ।

साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’, नियात्रा सञ्चयन ‘उत्तरी गोलाद्र्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् ।

प्रकाशित मिति २०८० चैत २५ गते आइतबार ०७:४६
हजुरको प्रतिक्रिया