२०८३ साउन २१ गते बिहीबार

प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने

प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ५ गते आइतबार ०३:५२

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्। एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल...

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।

एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको बताइएको छ।

रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन् ।

उनीहरूमध्ये थापा र भट्टले राजीनामा दिन्छन् कि दिन्नन भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति २०७७ पुस ५ गते आइतबार ०३:५२
हजुरको प्रतिक्रिया