२०८३ साउन २१ गते बिहीबार

पोखरा जेसिजले स्वर्ण जयन्ती वर्ष मनाउने

पोखरा जेसिजले स्वर्ण जयन्ती वर्ष मनाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २६ गते सोमबार ०५:१९

स्वणर् जयन्ति विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

पोखरा
पोखरा जेसीज स्थापनाको ५० वर्ष पुगेको छ । स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

अप्रिल ११ मा स्वर्ण जयन्तीको औपचारिक समुद्घाटन हुने अध्यक्ष देवराज शर्माले जानकारी दिए । त्यही दिन स्वर्ण जयन्ती स्तम्भ र झण्डोत्तलन हुनेछ ।

वर्षभर विभिन्न कार्यक्रम गरी मनाउने शर्माले बताए । चौतारी निर्माण, जेसिआइ नेपाल विजनेस एकेडेमी एण्ड कनक्लेभ, पिएनपी सिनेट मिट, प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता, वृहत्तर पोखरा सरसफाइ अभियान, मणीज्योति आधारभूत विद्यालय स्तरोन्नती, जेसिआइ पोखरा एकेडेमीको स्थापना लगायतका कार्यक्रम हुनेछ ।

पोखरा जेसिज २०३२ साल जेठ १० गते स्थापना भएको हो । सुरुवातदेखि नै रक्तदान, वृक्षारोपण, विद्यालयमा शुद्ध खानेपानीका लागि स्रोत व्यवस्थापन, गाउँ गाउँमा स्वास्थ्य शिविर, मिस पोखरा लगायतका कार्यक्रम गर्दै आइरहेको छ । युवाहरुको नेतृत्व विकास तालिम, व्यवसाय प्रबद्र्धनका काम, जनप्रतिनिधिबीच ककस लगायत काम गर्ने गरेको छ ।

प्रकाशित मिति २०८० चैत २६ गते सोमबार ०५:१९
हजुरको प्रतिक्रिया