२०८३ साउन २१ गते बिहीबार

कावासोतीमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

कावासोतीमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

राजु सुवेदी

@Public 4K Tv

२०८० चैत २७ गते मंगलबार ०४:०६

गैंडाले आक्रमण गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ

मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षीया जोगरीमाया

कावासोती

पूर्वी नवलपरासीको कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती १० मगरकोट की ९० वर्षीया जोगरीमाया महतो रहेकी छिन् ।

कावासोती १० स्थित कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा गैंडाले आक्रमण गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

भेडा चराउन नजिकैको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कृष्णसार मध्यवर्ती सामुदायिक बनमा दिउँसो १ बजेतिर गैडाले हानेको र उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०४:०६
हजुरको प्रतिक्रिया