२०८३ असोज २५ गते आइतबार

मुख्यमन्त्री खगराजको नियुक्ति खारेजीको माग गर्दै पाण्डे पुगे सर्वोच्च

मुख्यमन्त्री खगराजको नियुक्ति खारेजीको माग गर्दै पाण्डे पुगे सर्वोच्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २७ गते मंगलबार ०५:३८

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन पाण्डेले माग गरेका छन्

रिटउपर बुधबार बहस हुँदै

पाेखरा
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट हालेका छन् ।

सभामुख कृष्ण धितालकोसमेत संलग्नतामा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री पाण्डेले मंगलबार सर्वोच्चमा रिट हालेका छन् ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले अधिकारीलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुखलाईसमेत माओवादी संसदीय दलको सदस्यकै हैसियतमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त हुनु अर्को कोशी प्रकरणको रुपमा हेरिएको छ ।

कोशीका सभामुखले हस्ताक्षर नै गरेको तर गण्डकीका सभामुखले हस्ताक्षर नगरेको, दलको तर्फबाट संख्यामात्र दाबी पेश गरिएको र विश्वासको मत लिनेबेलामात्र सभामुखको मतबारे परीक्षण हुने एमाले–माओवादीको दाबी छ ।

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन पाण्डेले माग गरेका छन् ।

कोशी प्रकरणमा सर्वोच्चको फैसलाले सभामुखको भूमिकालाई स्पष्टसँग व्याख्या गरेको र सभामुखलाई दलको सदस्यको रुपमा प्रयोग गर्न नहुने नजीरलाई लत्याएको कांग्रेसको दाबी छ ।

मुख्यमन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोक्न माग गरिएको छ । मुख्यमन्त्री अधिकारीलाई नियुक्ति गरिएको भनिएको प्रक्रिया आफैमा गैरसंवैधानिक भएको पाण्डेको भनाइ छ ।

कांग्रेस सर्वोच्च गएर फैसला हुनुअगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

प्रकाशित मिति २०८० चैत २७ गते मंगलबार ०५:३८
हजुरको प्रतिक्रिया